अर्थमन्त्री जनार्दन शर्माले अर्थतन्त्र सङ्कटमा पर्न थालेको भनी गरिएको प्रचारलाई ‘नियोजित हल्ला’को भनेका छन्। अर्थ मन्त्रालयमा साेमबार आयोजित पूँजीगत खर्चसम्बन्धी अन्तरमन्त्रालयगत छलफल तथा अन्तर्क्रियामा उनले मुलुकको अर्थतन्त्रका सूचकमा सङ्कट आएको भनी भ्रम छर्न खोजिएको बताए। “पुँजीगत खर्च कमजोर छ, यो कुरा साँचो हो। तर अन्य सूचक सङ्कटमा रहेको भन्ने कुरा नियोजित हल्ला हो”, उनले भने,…