चालु आर्थिक वर्ष २०७८/७९को पहिलो तिन महिना अवधिमा नेपाली शेयर बजार मापक नेप्से परिसूचक र पुँजीकरण सकारात्मक रहेको छ। आर्थिक वर्षको सुरुवात देखि शेयर बजारमा निकै ठूलो उतार चढाव आइरहेको छ। धितोपत्र बोर्डको ५१ कम्पनीको नाम सार्वजनिक काण्डका कारण खस्किएको थियो। उक्त काण्डबाट शेयर बजार लयमा आउन नपाउँदै मौद्रिक नीतिले शेयर बजारमा ल्याएको नयाँ नियमनका…