घ्यु फलको रूपमा परिचित एभोकाडो खेतीमार्फत कृषि पर्यटनलाई टेवा पुर्याउने उद्देश्यसहित धनकुटामा एभोकाडो महोत्सव सुरु भएको छ। धनकुटामा उत्पादन भएको एभोकाडोलाई देश तथा विदेशमा प्रवर्द्धन गर्ने उद्देश्यले धनकुटा नगरपालिका एभोकाडो कृषि समूहको आयोजनामा शनिवार देखि २ दिने एभोकाडो महोत्सव सुरु भएको हो । धनकुटा नगरपालिका सहआयोजक रहेको महोत्सव आइतबारसम्म सञ्चालन हुनेछ। धनकुटा नगरपालिकाले २०७५ सालमा…