अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयर जारी गर्ने भएको छ। संस्थाको दोस्रो वार्षिक साधारणसभाले सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्ने प्रस्ताव पारित गरेको हो। योसँगै संस्थाले नाै करोड ७५ लाख रुपैयाँ बराबरको नाै लाख ७५ हजार कित्ता आईपीओ निष्काशन गर्ने प्रक्रिया अगाडि बढाउनेछ। आईपीओ जारी पश्चात संस्थाको चुक्ता पुँजी २५ करोड पुग्नेछ। संस्थाले…