६ वर्षअघि २०७२ साउनमा आएको पहिरोले फेवाताल ढुंगा र माटोले पुरियो। हरेक वर्ष बर्खा लागेपछि फेवाताल उसैगरी धमिलिन्छ। वर्षेनी फेवामा १ लाख ४२ हजार टन ढुंगा, गिट्टी, बालुवा मिसिने गरेको अध्ययनको आँकडा छ। यसैलाई हिसाब गरेर फेवाका आयु विज्ञहरूले सय वर्ष हाराहारीमा खुम्च्याएका छन्। अव्यस्थित रूपमा तालको पानी ढलोभित्र खनिएका मोटरबाटो र प्लटिङले स्वच्छता मात्रै…