तेह्रथुम पावर कम्पनी लिमिटेडको आईपीओ बाँडफाँट भएको छ। कम्पनीको बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलका अनुसार आज (शुक्रबार) शेयर बाँडफाँट भएको हो। कम्पनीले बिक्रीमा ल्याएको कुल शेयरमध्ये २ प्रतिशत अर्थात् १६ हजार कित्ता शेयर कर्मचारीहरूका लागि र ५ प्रतिशत अर्थात् ४० हजार कित्ता शेयर सामूहिक लगानी कोषलाई छुट्याएर बाँकी रहेको सात लाख ४४ हजार कित्ता शेयर…