काठमाडौं महानगरपालिकाले आइतबार एक सूचना जारी गर्दै स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठ र व्यापारी अजय सुमार्गीसहित ५२ व्यक्ति र संस्थाले घरजग्गा तथा सम्पत्ति कर नबुझाएको जनाएको छ। महानगरले आइतबार राज्यमन्त्री श्रेष्ठ सुमार्गी सहित ५२ करदाताहरूलाई कर बुझाउन पटक–पटक पत्र पठाउँदा पनि अटेर गरेको सूचनामा जनाएको छ । महानगरलाई कर नतिर्नेको २३ नम्बर सूचीमा बालाजुस्थित जनमैत्री अस्पताल…