प्रतिनिधिसभा अन्तरगतको विकास तथा प्रविधि समितिले २० वर्षे सवारी साधन सञ्चालनमा रोक लगाउने निर्णय तत्काल पुनर्विचार गर्न सरकारलाई सचेत गराएको छ । समितिको बुधबार सिंहदरबारमा बसेको बैठकमा समितिकी सभापति कल्याणी खड्काले भनिन्, ‘२० वर्षे हदम्यादको आधारमा भन्दा पनि यान्त्रिक परीक्षण गरेर उपयुक्त ठहर गरेका सवारी साधनलाई मात्रै सञ्चालन गर्ने अनुमति दिन भौतिक पूर्वाधार तथा यातायात…