काठमाडौँ महानगरपालिकाले महानगरभित्रका अनुचित व्यापारिक क्रियाकलापका विरुद्ध उजुरी गर्न उपभोक्तालाई आग्रह गरेको छ। सोमबार विश्व उपभोक्ता अधिकार दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै काठमाडौँ महानगरपालिकाकी उपमेयर हरिप्रभा खड्गीले बजारमा खाद्यपद्धार्थको मिसावटलाई नियन्त्रण गर्न र स्वास्थ्यमा हानी पुर्याउने वस्तुको विक्रि वितरणलाई नियन्त्रण गर्नका लागि अनुचित व्यापारिक क्रियाकलापका विरुद्ध उजुरी गर्न आग्रह गरेकी हुन्। उपमेयर खड्गीले आफ्नो व्यवसायले…