गैँडाकोट ।उत्तरमा कोरोलादेखि दक्षिण गैँडाकोटसम्मको कालीगण्डकी करिडोरमा हालसम्मको भौतिक प्रगति १८ प्रतिशत छ । राष्ट्रिय गौरवका तीन उत्तर–दक्षिण करिडोरमध्येको एक यस लोकमार्गमा झण्डै ५०० मिटरमा ट्र्याक खोल्न बाँकी छ भने हालसम्म कतै पनि कालोपत्र हुन नसकेको सडक विभागले जनाएको छ ।सो सडकमा गत आवमा भौतिक प्रगति ५२ र वित्तीय प्रगति ५१ प्रतिशत थियो । सडकमा…