काठमाडौं । सम्झौता गरी समयमा मल नल्याउने ठेकेदारहरुबाट क्षतिपूर्ति भराउनुपर्ने माग राख्दै सामाजिक अभियन्ताहरुले कृषि मन्त्रीलाई ज्ञापन पत्र बुझाएका छन् । बुधबार कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा पुगेर अभियन्ताहरु जगत भुसाल र द्वारिका ढुंगेलले ठेकेदारहरुकै कारण किसानहरुले मल नपाएर सास्ती खेप्नुपरेको भन्दै घनश्याम भुसाललाई ज्ञापनपत्र बुझाएका हुन् ।ठेक्का लिएर तोकिएको समयसम्म मल नल्याएका कम्पनीलाई कालोसूचीमा…