काठमाडौं ।सरकारले पप्पु कन्स्ट्रक्सनसहित ६ निर्माण कम्पनीलाई कालोसूचीमा राखेको छ । सार्वजनिक खरिद अनुगमन कार्यालयले सोमबार सूचना प्रकाशित गर्दै उनीहरुलाई कालोसूचीमा राखेको जनाएको हो ।कालोसूचीमा पर्नेमा पप्पुसहित अशोक न्यासुर सञ्चालक रहेको निशा सप्लायर्स, दामोदर दुलालको श्रीदेव सप्लायर्स, विष्णुकुमार कडरियाको सूर्योदय निर्माण एण्ड हाउजिङ कम्पनी प्रालि, बारा कन्स्ट्रक्सन र हरिबहादुर खत्रीको एचबीकेसी निर्माण सेवा रहेका छन्…