बुटवल ।प्रदेश ५ को सरकारले आव २०७५/७६ का लागि रु २८ अर्ब नौ करोड तीन लाखको बजेट प्रस्तुत गरेको छ । प्रदेशसभा बैठकमा आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी सम्हाल्नुभएका मुख्यमन्त्री शंकर पोखरेलले बजेट सार्वजनिक गर्दै सरकारले कृषि, पर्यटन, उद्योग, शिक्षा, स्वास्थ्य र भौतिक निर्माणलाई मुख्य प्राथमिकतामा राखेको बताउनुभयो । प्रदेश सरकारले संघीय शासन प्रणालीमा नागरिकले नजीकमा सरकार…