काठमाडौं । ४८ देशहरूमा सञ्चालन भैरहेको ग्लोबल मोबिलिटी र डेलिभरी प्लेटफर्म इनड्राइभ फेरि एक पटक विश्वको दोस्रो सबैभन्दा धेरै डाउनलोड गरिएको राइड–हेलिङ एप हुन सफल भएको छ । लिडिङ मार्केट इण्टेल्लिजेन्स फर्म सेन्सर टावरका अनुसार, इनड्राइभले लगातार चौथो वर्ष पनि आफ्नो स्थान कायम राखेको छ । साथै, ट्राभल विधाअन्तर्गत विश्वव्यापी रूपमा सबैभन्दा धेरै डाउनलोड हुने…