काठमाडाैं । ब्रदरले सागर ग्रुपसँगको सहकार्यमा २०२६ मे ६ तारिखमा एलिभेट लाउञ्जमा “ब्रदर मिट एण्ड ग्रीट” सेमिनार सफलतापूर्वक आयोजना गरेको छ। दिउँसो १२ बजेदेखि ४ बजेसम्म सञ्चालन भएको उक्त कार्यक्रममा नेपालको केन्द्रीय क्षेत्रका विभिन्न उद्योगका डिलर तथा कर्पोरेट प्रतिनिधिहरुको सहभागिता रहेको थियो। कार्यक्रमलाई सहभागीहरूलाई ब्रदरका उत्पादन लाइनअपबारे गहिरो जानकारी प्रदान गर्ने उद्देश्यले डिजाइन गरिएको थियो।…