काठमाडौं । स्वस्तिक लघुवित्तको आईपीओ बाँडफाँट भएको छ । कम्पनीको आईपीओ धितोपत्र बिक्री प्रबन्धक नबिल इनभेष्टमेन्ट बैंकिङ लिमिटेडको कार्यालयमा आज बिहान बाँडफाँट भएको हो । बिक्री प्रबन्धकका अनुसार कम्पनीको आईपीओमा कुल २४ लाख ४० हजार ४६० आवेदकबाट २ करोड ७४ लाख ६४ हजार ५७० कित्ता सेयर खरिदका लागि आवेदन परेको थियो । यसमध्ये २४ लाख…