काठमाडौं । नेपालका लागि स्काईवेलको आधिकारिक वितरक जी मोटर्सले युरोप घुम्ने अवसर ल्याएको छ । लक्जरी एसयूभी स्काईवेल गाडी ड्राइभ गर्ने र किन्ने ग्राहकहरूलाई युरोप भ्रमणमा लैजाने अवसर ल्याएको हो । ग्राहकले ‘स्काईवेल ड्राइभ-२०२५ नेपाल टु युरोप’ क्याम्पेनमा सहभागी भई युरोप घुम्ने मौकाको फाइदा लिन सक्ने जी मोटर्सका प्रबन्ध निर्देशक कैलाश बाबु गेलालले बताए ।…