सुन्दरहरैँचा (मोरङ) । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पर्यटन क्षेत्रको विकास एक दिने अभियान नभई निरन्तर गरिरहनुपर्ने काम भएकाले योजनाबद्ध रूपमा अघि बढ्नुपर्ने आवश्यकता औँल्याएका छन् । आज इटहरीमा पर्यटन, वन तथा वातावरण मन्त्रालयद्वारा आयोजित कोशी पर्यटन वर्ष २०८२ को नीतिगत अन्तरक्रिया कार्यक्रममा मुख्यमन्त्री कार्कीले पर्यटन पवर्द्धन र विकास दीर्घकालीन सोचका साथ गर्नुपर्ने उल्लेख गरे…