शिक्षासेवी रत्नमान गुरुङको नेपाली, अंग्रेजी र गुरुङ भाषामा लिखति ‘भाषा, व्याकरण र गुरुङ वाक्यविज्ञानः एक परिचय’ नामक पुस्तक प्रकाशनमा आएको छ । पोखरामा शनिबार आयोजित कार्यक्रममा नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति साहित्यकार सरुभक्तले पुस्तकको लोकार्पण गरे। साहित्यकार गुरुङ करिब चार दशकदेखि पोखराको शैक्षिक उन्नयनका क्षेत्रमा क्रियाशील छन् । प्याब्सन, नेल्टा र रोटरी…