महोत्तरीमा उच्च माध्यामिक विद्यालयमा कार्यरत शिक्षकहरूको आन्दोलन चर्कंदै गएको छ । महोत्तरीमा कार्यरत झण्डै ६० जना शिक्षकहरूले आन्तरिक प्रतिस्पर्धाबाट स्थायी गर्नुपर्ने माग गर्दै आन्दोलन चर्काएका हुन् । शिक्षा ऐनको अभावमा उच्च माध्यमिक विद्यालयको दरबन्दीका लागि लामो समयदेखि काम गर्दै आएका शिक्षकहरूले स्थायी प्रक्रियामा प्रतिस्पर्धासमेत गर्न पाएका छैनन्। ऐन पास गरेर स्थायी दरबन्दी प्रक्रिया अगाडि बढाउनुपर्नेमा पनि आन्दोलनरत शिक्षकहरूले माग राखेका…