शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले पुरानो नक्सा छापेर बिक्री भएका पुस्तक जफत गर्न निर्देशन दिएका छन्। पाठ्यक्रम विकास तथा मुल्याङ्कन परिषद्को बुधबार सम्पन्न ८८ औं भर्चुअल बैठकमा मन्त्री श्रेष्ठले पुरानो नक्सा छापेर पुस्तक प्रकाशक र बिक्रेतालाई कानूनको दायरामा ल्याएर हदैसम्मको कारबाही गर्न पाठ्यक्रम विकास केन्द्रलाई निर्देशन दिएका हुन्। केही निजी प्रकाशकले नयाँ संस्करण उल्लेख…