काठमाडौँ नयाँ शैक्षिक सत्रमा भर्नाका लागि निजी विद्यालयहरुले मनपरी शुल्क असुलिरहेका छन् । शुल्क तोक्ने जिम्मेवारीबाट केन्द्र र स्थानीय सरकार एकअर्कालाई देखाएर पन्छिएपछि निजी विद्यालयले जथाभाबी शुल्क असुल्न थालेको र त्यसको मारमा अभिभावक परेका छन् ।शिक्षा नियमावली अनुसार संस्थागत (निजी) विद्यालयले नयाँ शैक्षिक सत्र सुरु हुनु भन्दा तीन महिना अघि सम्बन्धित निकायमा शुल्क प्रस्ताव गर्नुपर्छ…