नेपाली कांग्रेसका सांसद डा. सुनिल शर्माको पहलमा काठमाडौं मेडिकल कलेज पब्लिक लिमिटेड (केएमसी)ले अर्घाखाँचीमा सञ्चालन गरेको निःशुल्क स्वास्थ्य शिविरमा १५ सय बढी विरामीले लाभ लिएका छन् । केएमसीका प्रबन्धक नारायणप्रसाद दाहालका अनुसार सुशील कोइराला स्मृति प्रतिष्ठान र सन्धिखर्क नगरपालिकाको संयुक्त आयोजनामा नगरपालिका २ स्थित आनन्दपुर माविमा भएको स्वास्थ्य शिविरमा १५ सय ८५ बिरामीको निःशुल्क उपचार…