ललितपुर महानगरपालिकामा आजदेखि स्वास्थ्य बीमा सुरु भएको छ । महानगरको १०५औं स्थापना दिवसको अवसरमा सोमवार आज महानगरभित्र स्वास्थ्य बीमा सुरु गरिएको हो । दुई जनालाई विद्युतीय कार्ड वितरण गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले स्वास्थ्य बीमाको उद्घाटन गरेका हुन् । वि.स. २०७२ चैत्र २५ गते पहिलो पटक कैलाली जिल्लाबाट स्वास्थ्य बीमा कार्यक्रम सुरु भएको हो। त्यस…