अमेरिकाको ब्राउन युनिभर्सिटीका सहायक प्राध्यापक डाक्टर रामु खरेलले नेपालमा प्राथमिक स्वास्थ्य क्षेत्रको सुधारमा धेरै काम गर्न जरुरी रहेको बताएका छन् । मिडियासँगको संवादमा उनले, ह्दयाघात, मस्तिष्काघातलगायतका कतिपय रोगमा मानिसहरुले तत्कालै प्राथमिक स्वास्थ्य उपचार पाउनुपर्ने भएपनि नेपालमा त्यो अवस्था नरहेको बताए । ‘आकस्मिक सेवा सुधार गर्नु भनेको सानोतिनो कुरा हुँदै होइन । पहिले त आकस्मिक सेवा…