स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहन बहादुर बस्नेतले, एउटा अस्पतालमा गरेको बीमाले देशका जुनसुकै अस्पतालमा लागू हुने व्यवस्था मिलाउन लागेको जानकारी दिएका छन् । बिहीबार राष्ट्रिय स्वास्थ्य वित्त रणनीति कार्यान्वयन द्रुत परिणाम हस्तान्तरण कार्यक्रममा बोल्दै मन्त्री बस्नेतले एउटा अस्पतालमा गरेको बीमा देशका जुनसुकै अस्पतालमा प्रयोग गर्न पाउने व्यवस्थाको प्रक्रिया अगाडि बढाउन टेक्नोलोजी विकास भइरहेको बताए ।…