स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले विपन्न तथा आर्थिक अवस्था कमजोर भएका दश प्रतिशत नागरिकहरुको निःशुल्क उपचार गर्ने गराउने व्यवस्थालाई विस्तारै तीनै तहका सरकारसँंग समन्वयन गरेर व्यवस्थित पार्दै लैजाने बताएका छन् । सोमबार मन्त्रालयमा आयोजित अन्तर्क्रिया कार्यक्रममा मन्त्री बस्नेतले दश प्रतिशत नागरिकहरुको निःशुल्क स्वास्थ्याेपचार गर्न देशभरिकै अस्पताललाई निर्देशनसहित कानूनको दायरामा ल्याएको बताए । उक्त व्यवस्थाअनुसार काम…