विराटनगर ।पछिल्लो २४ घण्टाको अवधिमा प्रदेश १ मा ८७० जना कोरोना सङ्क्रमित थपिएका छन् । यो दैनिक सङ्क्रमण सङ्ख्यामा अहिलेसम्मकै उच्च हो ।थपिएका सङ्क्रमितमा सुनसरीमा ४४९, मोरङमा ३३७ मध्ये विराटनगरमा २३२, झापामा ३८, इलाममा १०, उदयपुरमा सात, सोलुखुम्वुमा छ, सङ्खुवासभा र तेह्रथुममा दुईदुई, धनकुटा, खोटाङ, पाँचथर र ताप्लेजुङमा एकएक र प्रदेश बाहिरका १५ जना रहेको…