काभ्रे ।धुलिखेल नगरपालिकाका प्रमुख अशोक ब्याञ्जुलाई कोरोना पुष्टि भएको छ । उनले आज सामाजिक संजाल फेसबुकमार्फत आफूलाई कोरोना संक्रमण भएको जानकारी दिएका छन् ।उनको मंगलबार स्वाब परीक्षण गरिएको थियो । उनले आफ्नो सम्पर्कमा आएका सबैलाई सतर्क र सुरक्षित रहन अनुरोध पनि अनुरोध गरेका छन् । नगरप्रमुख ब्याञ्जुकी श्रीमतीमा पनि कोरोना संक्रमण भएको उनले बताएका छन्…