काठमाडौं ।काठमाडौं उपत्यकामा समुदाय स्तरमा कोरोना भाइरस सङ्क्रमण नफैलिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले स्पष्ट पारेको छ ।स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका धेरै भीड हुने विभिन्न १२ स्थानमा सङ्कलन गरिएको ४ हजार ८ सय जनाको नमुना परीक्षणमा तीन जनामा मात्रै कोरोना पोजेटिभ देखिएको बताइएको छ ।मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले सङ्क्रमित तीनमध्ये…