पछिल्लो समय धेरैजसो गर्भवती महिलाहरुमा उच्च रक्तचापको समस्या देखिएको छ । गर्भवती भएको अवस्थामा धेरै महिलाहरु उच्च रक्तचापबाट ग्रसित हुन्छन् ।यो एकदमै खतरनाक अबस्था हो । गर्भावस्थामा उच्च रक्तचाप भएमा किड्नी र मुटुमा असर गर्छ । जसले गर्दा बच्चाको विकास राम्रोसँग हुन पाउँदैन् । समयभन्दा अघि नै बच्चाको जन्म हुने र सिजेरियन डेलिभरीको सम्भावना पनि बढ्छ ।…