एमालेका वरिष्ठ उपाध्यक्ष तथा नेकपा राष्ट्रिय एकता अभियान चलाएका नेता वामदेव गौतमले विगतका सबै तिक्तता बिर्सेर दुबै पक्षले गाली गर्ने क्रम रोक्नु पर्ने बताएका छन् । गाली र अप्रिय गाली नगरी एकताको बाटो खुला राख्न पनि उनले आह्वान गरेका छन् । मंगलबार दिउँसो भैंसेपाटीस्थित आफ्नै निवासमा पत्रकारहरूसँगको अन्तर्क्रियामा नेता गौतमले यस्तो प्रतिक्रिया दिएका हुन् ।…