काठमाडौं । काठमाडौं महानगरपालिकाले शनिबारदेखि जीवन्त र समृद्ध (असं) असन नारासहित असन क्षेत्रमा सामाजिक, सांस्कृतिक तथा परम्परागत गतिविधिहरु प्रारम्भ गर्दैछ । आधुनिकताभित्र प्रवेश गर्दै गरेको असन बजार, यस क्षेत्रमा भएका भौतिक सम्पदा, यस क्षेत्रसँग सम्बन्धित अभौतिक सम्पदाको पुनरुत्थान गर्ने उद्देश्यसहित यो कार्यक्रम सुरु गर्न लागेको प्रवक्ता नविन मानन्धरले जानकारी दिए । मानवीय तथा सवारी आवागमन…