काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो काँधमा जिम्मेवारी भएको भन्दै त्यो पूरा नगरी राजीनामा नदिने बताएका छन् । बुधबारदेखि जारी केन्द्रीय समिति बैठकको समापन कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । आफ्नो राजीनामाबारे महाधिवेशनमा छलफल गर्ने पनि उनले बताएका छन् । उनले राजीनामाबारे महाधिवेशन प्रतिनिधिले फैसला गर्ने पनि उल्लेख गरे ।…