काठमाडौं । पूर्वप्रधानमन्त्री माधवकुमार नेपालविरुद्धको मुद्दामा विशेष अदालतमा थुनछेक बहस सकिएको छ । पतञ्जली जग्गा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेसँगै बुधबार विशेष अदालतमा उपस्थित भएका नेपालविरुद्धको मुद्दामा दुवै पक्षका वकिलहरुको बहस सकिएको हो । न्यायाधीशहरुले आजै आदेश जारी गर्ने तयारी गरेका छन् ।