काठमाडौं । अनलाइन मार्फत ठगी गर्ने कार्यमा संलग्न रहेको अभियोगमा एक जना पक्राउ परेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले कास्की पोखरा महानगरपालिका-१६ बस्ने लम्जुङ दुधपोखरी गाउँपालिका -६ घर भएकी ५० वर्षीया वन कुमारी गुरुङलाई बुधबार पक्राउ गरेको छ । सामाजिक सञ्जाल फेसबुकमा फेक एकाउन्ट खोली आकर्षक तलब, सुविधामा जापान पठाई…