काठमाडौं। नेकपा एमालेका सचिव महेश बस्नेतले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) माथि कडा आलोचना गर्दै सुकुम्बासी बस्ती खाली गराउने भनिएको निर्णयप्रति आपत्ति जनाएका छन्। उनका अनुसार प्रधानमन्त्रीले सुरक्षा निकायका प्रमुखलाई बोलाएर केही दिनभित्र अतिक्रमित सुकुम्बासी बस्ती खाली गर्न निर्देशन दिएको विषयले सरकारको वास्तविक चरित्र उजागर गरेको छ। उनले यो कदमलाई गरिब तथा विपन्न वर्गमाथिको सीधा दबाबको…