पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले मदन भण्डारी फाउन्डेसनद्वारा स्थापित मदन भण्डारी रूपान्तरण राष्ट्रिय नेतृत्व पुरस्कार प्रदान गरेकी छन् । जननेता मदन भण्डारीको ७२औँ जन्मजयन्तीका अवसरमा आज आयोजित कार्यक्रममा पूर्वराष्ट्रपति भण्डारीले यस वर्ष सो पुरस्कार हेटौँडा उपमहानगरपालिका–४ प्रतिभानगर, मकवानपुरकी निरुकुमारी मगरलाई र मदन भण्डारी राष्ट्रिय पुरस्कार सोलुखुम्बु सोलुदूधकुण्ड नगरपालिका–४ फाप्लु निवासी डा मिङमार ग्याल्जेन शेर्पालाई हस्तान्तरण गरे ।…