झापा । सन् १९९२ मा भुटानी शासकले लखेट्दा चतुरमान तामाङ ६ र हस्तबहादुर राई ८ वर्ष हाराहारीका थिए । उनीहरूलाई त्यतिबेला भुटानी शासकले लखेट्दा नेपाल पसेको यादहरू धमिलो गरी मात्रै सम्झना छ । ‘अलि अलि थाहा पाउँछु’, हस्तबहादुर सम्झिन्छन्, ‘भारतका गाडीहरूले मेची खोलामा छाडेर गएका थिए ।’ चतुरमानलाई त त्यो पनि सम्झना छैन । भुटानबाट…