काठमाडौं । नेपालका लागि चीनका राजदूत चाङ माओमिङले चीन-नेपाल सुरक्षा सहकार्यमा जोड दिँदै त्यसलाई अझ सुदृढ बनाउन हरसम्भव प्रयत्न गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । महाराजगञ्जस्थित राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा आयोजित प्रहरी नेतृत्व तथा कर्मचारी पाठ्यक्रम (पिएलएससी) प्रथम समूहका सहभागीहरूसँगको छलफलमा चिनियाँ राजदूतले द्विपक्षीय सुरक्षा सहकार्यलाई सुदृढ बनाउन सक्दो प्रयत्न गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन्…