काठमाडौं । नेकपा एमालेको केन्द्रीय संगठन विभागद्वारा आयोजित पार्टी सदस्यता नवीकरण तथा विस्तार उत्प्रेरणा कार्यशालाले सदस्यता नवीकरण तथा विस्तार अभियानलाई तीव्र रूपमा अघि बढाउने संकल्प गरेको छ। कार्यशालाले प्रत्येक संगठित सदस्यले कम्तीमा तीन जना नयाँ सदस्य पार्टीमा आबद्ध गराउने लक्ष्य लिएको छ। गत प्रतिनिधिसभा निर्वाचनमा मत परिवर्तन गरेका मतदातालाई पुनः पार्टीसँग जोडिन आह्वान गरिएको छ।…