काठमाडौं । फोक्सोको क्यान्सर भएर पाटन अस्पतालमा उपचार गराइरहेकी मीठुकुमारी सापकोटाको परिवारलाई अस्पतालका चिकित्सकहरूले कार्बोप्लाटिन औषधि लिएर आउन भने। किमोथेरापीका लागि चाहिने यो औषधिको बजारमा चरम अभाव छ। अधिकांश क्यान्सरको उपचारमा प्रयोग हुने कार्बोप्लाटिनको खोजीमा परिवारजन जुटे। ‘मेरा जेठाजु र श्रीमान्ले कार्बोप्लाटिनको एक डोज पाउन धेरै संघर्ष गर्नुपर्यो,’ मीठुकुमारीकी बुहारी शोभा देवकोटाले सुनाइन्, ‘धेरैसँग अनुनय–विनय…