काठमाडौं । अमेरिकाकी उपविदेशमन्त्री सारा बी रोजर्स काठमाडौँ आइपुगेकी छन्। अमेरिकी विदेश मन्त्रालयको सार्वजनिक कूटनीति उपमन्त्रीसमेत रहेकी रोजर्स नयाँ दिल्लीबाट शनिबार राति काठमाडौँ आइपुगेकी हुन्। वालेन्द्र शाहको नेतृत्वमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सरकार गठन भएपछि नेपाल आएकी रोजर्स अहिलेसम्मकै वरिष्ठ अमेरिकी कूटनीतिज्ञ हुन्। साथै उनी मार्च २७ मा नयाँ सरकार गठन भएयता नेपाल भ्रमण गर्ने…