सिरहा। नरहा गाउँपालिका–४ वर्छवामा रहेको प्रसूतिगृह एक जना अनमीको भरमा सञ्चालन भइरहेका कारण सेवा जोखिमपूर्ण बनेको छ। स्वास्थ्य संस्थामा सामान्यतया कम्तीमा दुई जना स्टाफ नर्स, एक स्वास्थ्य सहायक र एक कार्यालय सहयोगी आवश्यक पर्ने भए पनि यहाँ छैटौँ तहकी अनमी टीकादेवी ढुङ्गेल मात्र कार्यरत छन्। उनी नै चौबिसै घण्टा प्रसूति सेवा दिन बाध्य छन्। स्थानीय…