धनकुटा । भारतको बिहारमा यतिबेला तापक्रम बृद्धि भइरहेको छ । विहारमा ३५ डिग्री सेल्सियस तापक्रम नाघेका बेला विराटनगरमा ३० डिग्री आसपास छ । विराटनगरबाट ६० किलोमिटर उत्तरमा रहेको पर्यटकीय गन्तव्य भेडेटारमा भने यतिबेला पनि जाडो छ । त्यहाँको तापक्रम २० डिग्री हाराहारी छ । त्यसमाथि जतिबेला लाग्ने बाक्लो हुस्सु लाग्छ। बेला–बेला सिमसिम पानी पर्छ ।…