दमौली। अपाङ्गता भएका व्यक्तिहरुले अन्नपूर्ण प्रथम आधार शिविरसम्मको पदयात्रा सुरु गरेका छन् । नेपालका विभिन्न प्रदेश र जिल्लाबाट छ प्रकारका अपाङ्गता भएका व्यक्तिले आजदेखि पदयात्रा सुरु गरेका हुन् । शारीरिक अपाङ्गता भएका चोमु शेर्पा खुसी, इश्वर बास्तोला, विशाल भण्डारी, सेरेवल पालसी सङ्गीता शर्मा, अल्बिनो अपाङ्गता विशाल विक, दृष्टि सम्बन्धी दृष्टिविहिनता अपाङ्गता भीम गुरुङ, सुनुवाइ सम्बन्धी…