नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले झन्डै ६१ किलो सुन तस्करी प्रकरणमा प्रत्यक्षरुपमा ४२ जनाको टोलीले ३५ दिनसम्म अनुसन्धान गरेको दाबी छ । आज आयोजित पत्रकार सम्मेलनमा सिआइबीका प्रमुख तथा प्रहरी अतिरिक्त महानिरीक्षक किरण बज्राचार्यले यस्ताे बताएकी हुन् । उनले प्राविधिक पाटोसहितलाई हेरेर अझै वैज्ञानिक तरिकाले अनुसन्धान गरिएको बताइन् । त्यसपछि अपरेसनल टोलीले विभिन्न ठाउँमा…