मकवानपुरको भैंसेमा पिकअप भ्यान दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। ८ जना घाइते भएका छन्। आइतबार बिहान त्रिभुवन राजपथअन्तर्गत भीमफेदी–२ भैंसे आँपचौर नजिक हेटौंडाबाट थाहा नगरको दामनतर्फ जाँदै गरेको ना ४ च ९४१ नम्बरको भ्यान अनियन्त्रित भइ नालीमा पुग्दा दुर्घटना भएको हो। दुर्घटनामा परी मृत्यु हुनेमा बारा विश्रामपुर गाउँपालिमा–३ का २० वर्षीय राहुलकुमार पण्डित…