झापामा लागुऔषध सहित २ जना पक्राउ

जिल्ला प्रहरी कार्यालय झापाले प्रतिबन्धित लागुऔषधसहित २ जनालाई पक्राउ गरेको छ । मंगलबार साँझ ८ बजे झापाको अर्जुनधारा नगरपालिका–११ चिया बगान छेउमा अस्थाइ प्रहरी पोष्ट बसपार्कबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।  पक्राउ पर्नेमा अर्जुनधारा–११ बस्ने ३४ वर्षीय दिनेश दर्जी र ३८ वर्षीय राजकुमार कार्की रहेका छन् । चेकजाँच गर्दा दुबै जनाको साथबाट…

Logo