नेपाली राष्ट्रिय किक्रेट टोलीका पूर्व कप्तान सन्दीप लामिछाने नेपाल आइपुगेका छन् । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा १० बजे ल्याण्ड हुनुपर्ने विमान झण्डै एक घण्टा आकाशमै फन्को मारेको थियो। किशोरी बलात्कारको आरोप लागेका उनलाई प्रहरीले विमानस्थलबाटै नियन्त्रणमा लिएको छ । सन्दीप नेपाल आइपुग्ने भएपछि बिहानैबाट प्रहरीको टोली विमानस्थलमा तैनाथ थियो । उनले आज बिहान सामाजिक सञ्जालमार्फत नै १० बजे कतार एयरवेजमा…